पाकिस्तानमा आइतबार दुई जनजातिबीच हिंसात्मक झडप भएको खबर आएको छ। यस द्वन्द्वमा ३६ जनाको मृत्यु भएको छ भने १६२ जना घाइते भएका छन्। षड्यन्त्रको विवादका रूपमा शुरु भएको दुई समूहबीचको द्वन्द्व भीषण हिंसामा परिणत भएको थियो। यो विवाद उत्तर-पश्चिम पाकिस्तानको समस्याग्रस्त आदिवासी जिल्लामा भएको थियो। अधिकारीहरूले भनेअनुसार माथिल्लो कुर्रम जिल्लाको बोशेरा गाउँमा पाँच दिन अघि भीषण झडप शुरु भएको थियो। उत्तरपश्चिम पाकिस्तानको एक अशान्त आदिवासी जिल्लामा जमिनको टुक्रालाई लिएर दुई जनजातिहरूबीच भएको सशस्त्र द्वन्द्वमा कम्तिमा ३६ जनाको मृत्यु भएको र अन्य १६२ जना घाइते भएको अधिकारीहरूले आइतबार बताएका छन्।
यस क्षेत्रमा जनजाति र धार्मिक समूहहरू बीच घातक द्वन्द्वका साथसाथै साम्प्रदायिक झडप र आतंकवादी हमलाहरू पनि भएका छन्। अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तुनख्वाको कुर्रम जिल्लामा गत पाँच दिनमा आदिवासी जनजातिको झडपमा ३६ जनाको मृत्यु भएको र अन्य १६२ जना घाइते भएको कुर्रमका उपायुक्त जावेदुल्लाह मेहसुदले बताए।
पुलिसले जनजाति अग्रज, सैनिक नेतृत्व, पुलिस र जिल्ला प्रशासनको सहयोगमा बोशेरा, मलिकेल र डन्डार क्षेत्रमा केही समयअघि सिया र सुन्नी जनजातिबीच युद्धविराम गरेको जनाएको छ। तर, जिल्लाका अन्य केही स्थानमा भने गोली चलिरहेको छ। अन्य क्षेत्रमा पनि युद्धविरामका लागि प्रयास भइरहेको एक अधिकारीले बताए। जग्गा विवादमा दुई जातिबीच झडप भएको हो। झडप पेवार, टाँगी, बालिशखेल, खार काले, मकबल, कुञ्ज अलिजाई, पारा चम्कनी, केरमानलगायतका क्षेत्रमा फैलिएको थियो। स्थानीय बासिन्दाहरूले प्रतिद्वन्द्वीहरूले एकअर्का विरुद्ध मोर्टार गोला र रकेट लन्चर लगायतका भारी र अत्याधुनिक हतियारहरू प्रयोग गरिरहेको बताए। कुर्रम आदिवासी जिल्लाको मुख्य शहर पाराचिनार र सड्डामा पनि मोर्टार र रकेट गोला प्रहार गरिएको थियो। ‘हिजो रातिको भिडन्तमा कम्तिमा चार हमलाहरू भएका थिए, जसमा थप हताहत भएको थियो’, एक अधिकारीले भने। दिनभर सबै शैक्षिक संस्था र बजार बन्द रहे भने मुख्य सडकमा सवारी आवागमन ठप्प रहे । प्रभावित क्षेत्रमा पुलिस र सुरक्षा बलको भारी फौज तैनाथ गरिएको अधिकारीहरूले बताएका छन्।