गान्तोक: गत २७ जुलाईको दिन बेंग्लोरको कान्तेराभा स्टेडियममा आयोजित २४ आवर्स नेश्नल च्याम्पियनशीफ-२०२४ को प्रतियोगितामा म्याराथन म्यानले चिनिने अमर सुब्बाले रजत पदक हासिल गरेका छन्। उनले १८८.४० किलोमिटर दुरी ४७१ ल्याप्समा पार गरेका थिए। उनले उक्त प्रतियोगितामा पुरूषवर्गको खुल्ला दौडमा सहभागिता जनाउँदै रजत पदक हासिल गरेका हुन्। ५५ वर्षीय सुब्बाले उमेरले मानिसलाई रोक्दैन भन्ने कुराको प्रमाणित गरेका छन्। उनले नयाँ भावी पीढिलाई प्रेरणा दिँदै एक उदारणीय काम गर्दै आइरहेका छन्।