सीबीआईद्वारा अणुव्रत मण्डललाई नामजद

CBI

कोलकाता: पशु तस्करी मामिलामा जाँच गरिरहेको केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) ले आफ्नो चार्जशीटमा तृणमूल कांग्रेस नेता अणुव्रत मण्डललाई नामजद गरेको छ। केन्द्रीय  एजेन्सीले स्पष्ट गरेको छ, मण्डल सीधा रूपमा पशु तस्करी मामिलामा सामेल रहेको छ। आसनसोलको विशेष सीबीआई अदालतमा दर्ता गरिएको चार्जशीटमा भनिएको छ, मण्डलको नाम लिएर उनको बडीगार्ड सहगल हुसैनले लगातार पशु तस्करीको नाममा असूली गर्दै आइऱहेछ। यसको पूरा जानकारी मण्डललाई थियो र उनी पनि यसमा सामेल रहेका छन्। दाबी छ, असूलीको रूपियाँ पनि अणुव्रत मण्डलसम्म पुऱ्याइन्थ्यो अनि त्यसको पूरा हिसाब किताब पनि उनलाई दिइन्थ्यो। सहगलले गत सात वर्षमा बीरभूम, मुर्शिदाबाद र कोलकातामा धेरै सम्पत्तीहरू किन्यो।

सीबीआईले आरोप पत्रमा उल्लेख गरेको छ, साक्षीहरूसित सोधपुछ गरी यस्तो जानकारी प्राप्त गरिएको छ। चार्जशीटमा सीबीआईले यो पनि दाबी गऱ्यो, पुलिस कन्स्टेबल सहगल हुसैनको सम्पत्ति आयसित मिल्दोजुल्दो छैन। सीबीआईले चार्जशीटमा दाबी गरेको छ, गौ तस्करीमा पक्रा परेको इनामुल हकको साथ मोबाइल फोनमा गरिएको कुराकानीको सूचना पनि केन्द्रीय  गोप्य विभागको हात लागेको छ। सीबीआईले चार्जशीटमा भनेको छ, ‘गौ तस्करी मामिलामा ९६ साक्षीसित सोधपुछ गरी जानकारी जुटाइएको छl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement