अलिपुरद्वार: २८ अगस्तमा तृणमूल छात्र परिषदको स्थापना दिवसको अवसरमा कोलकातामा गान्धीको प्रतिमाको अगाडि एक भव्य कार्यक्रम आयोजना गरिनेछ। सम्पूर्ण राज्यसँगै अलिपुरद्वार जिल्ला तृणमूल छात्र परिषदको फालाकाटा टाउन ब्लकले पनि कार्यक्रमलाई सफल बनाउन तयारी शरु गरेको छ। भित्ता लेखन र प्रचारप्रसार धमाधम शरु भएको छ। गत वर्षको तुलनामा यस वर्ष तृणमूल छात्र परिषदको स्थापना दिवस कार्यक्रममा सहभागी हुन फलकाटाबाट धेरै विद्यार्थीहरू कोलकाता प्रस्थान गर्ने बताइएको छ। यस सन्दर्भमा, फालाकाटा टाउन ब्लक तृणमूल छात्र परिषद अध्यक्ष अनन्त सरकारले भने, ‘गत वर्षको तुलनामा अलिपुरद्वार जिल्लासहित फालाकाटाबाट धेरै संख्यामा छात्र परिषद कार्यकर्ता २८ अगस्तमा गान्धीको प्रतिमाको अगाडि उपस्थित हुनेछन्।‘ भित्ता लेखन कार्यक्रममा तृणमूल फालाकाटा टाउन ब्लक अध्यक्ष सुब्रत डे, फलकाटा टाउन ब्लक तृणमूल छात्र परिषद अध्यक्ष अनन्त सरकार, युवा नेता नीलम नन्दी र अन्य तृणमूल छात्र परिषद कार्यकर्ता र नेताहरू उपस्थित थिए।