बाघडुग्रा: बाघडुग्रा अञ्चल कङ्ग्रेसले आज १६ अगस्तको दिन सहिद दिवसको रूपमा पालन गर्यो। आजकै दिन १९८० मा कोलकाताको ईडन गार्डन्समा ईस्ट बंगाल – मोहन बगान याच अवधिमा १६ जनाको मृत्यु भएको थियो। यसै दिनलाई स्मरण गर्दै राष्ट्रिय कङ्ग्रेसले प्रत्येक वर्ष आजको दिन सहिद दिवसको रूपमा पालन गर्दै आइरहेको छ। बाघडुग्रा कङ्ग्रेस कार्यालयमा आज सहिद वेदीमा माल्यार्पण गर्नको साथै फुटबल राखेर सहिदहरूलाई श्रद्धाञ्जलि अर्पण गर्यो। यस सम्बन्धमा नक्सलबारी ब्लक कङ्ग्रेस अध्यक्ष अमिताभ सरकारले भने, डर्बी खेल मैदानमा मारिएका १६ जनालाई श्रद्धाञ्जलि दिनको लागि आजको दिन सहिद दिवसको रूपमा पालन गर्दै आइरहेको छ।