कालेबुङ जिल्ला पुलिसको आयोजनामा मानव तस्करी रोकथाम कार्यशाला

IMG-20240729-WA0234

कालेबुङ: कालेबुङ जिल्ला पुलिसको आयोजनामा मानव तस्करी रोकथाम हेतु टाउन हलमा एक कार्यशाला सम्पन्न गरिएको छ। कार्यक्रममा जिल्ला पुलिस अधीक्षक श्रीहरि पाण्डे, डीवाइएसपी देभ कल्याण गुरुङ, मार्ग एनजीओबाट निर्माण छेत्री, डीएलएसए सचिव छितेन शेर्पा, चाइल्ड हेल्पलाइनबाट रेटीका छेत्री लगायत पुलिस अधिकारीहरुको उपस्थिति रहेको थियो। दुई दिवसीय कार्यक्रम अन्तर्गत पहिलाे दिन मानव तस्करी विषय पुलिस अधिकारीहरू अनि कर्मचारीहरूलाई लिएर यसको विविध पक्षमा चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ। सोवना सेवाले सञ्चालन गरेको कार्यक्रममा मार्ग संस्थाबाट वृत्त चित्रमार्फत् बेचिएका चेलीको उद्धार गरिएको घटना लगायत पुन:र्वास आदि विभिन्न विषयहरूमा विस्तारपूर्वक जानकारी गराइयो। मंगलवार यसको समापन कार्यक्रममा मानव तस्करी विरुद्ध दिवस पालन गरिने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement