पेरिस: स्पेनका दिग्गज खेलाड़ी रफायल नडाल र रेकर्ड २४ पल्टका ग्राण्ड स्ल्याम च्याम्पियन नोवाक जोकोविचबीच पेरिस ओलम्पिकको पुरुष एकल टेनिस प्रतियोगितामा भिड़न्त तय भएको छ। यी दुई दिग्गज खेलाड़ीलाई २०२२ पछि पहिलोपल्ट एकार्काविरुद्ध खेलिरहेको देखिनेछ। स्पेनिश स्टार नडालले अन्तिम क्षणमा एकल स्पर्धामा खेल्ने फसेला लिँदै पहिलो राउण्डको म्याचमा मार्टन फुकसोविक्सविरुद्ध जीत हासिल गरे। पेरिस ओलम्पिकमा टेनिस म्याचहरू रोलां ग्यारोमा खेलिँदैछ, जहाँ फ्रेञ्च ओपनको आयोजन हुन्छ अनि नडालले यस ग्राण्ड स्ल्यम टुर्नामेण्टमा रेकर्ड १४ पल्ट खिताब जितेका छन्। उनले फुकसोविक्सलाई ६-१, ४-६, ६-४-ले पराजित गरे। म्याचमा दर्शकहरूले ताली बजाएर नडाललाई स्वागत जनाए। यसअघि नडालले युवा कार्लोस अल्काराजसँग पुरुष युगलको म्याचमा जीत हासिल गरेका थिए। नडाल र अल्काराजको जोड़ीले पुरुष युगलको पहिलो राउण्डमा मेक्सिमो गोञ्जालेज र आन्द्रेस मोल्टेनीको अर्जेण्टिनाई जोड़ीलाई ७-६, ६-४-ले पराजित गरेको थियो। उल्लेखनीय छ, नडाल र जोकोविचलाई टेनिस इतिहासको महान खेलाड़ी मानिन्छ। यी दुईजना मिलेर ४६ वटा ग्राण्ड स्ल्याम एकल खिताब जितेका छन्। यसमा जोकोविचको नाममा रेकर्ड २४ वटा ग्राण्ड स्ल्याम खिताब रहेको छ।