खरसाङ: कोलकोतामा भएको अन्तरार्ष्ट्रीय कराँते च्याम्पियनशीपमा ५ स्वर्ण, ३ रजत र ६ काँस्य पदकहरू जितेर फर्किएका छन् मार्टियल आर्ट एण्ड फिटनेस अकादमी खरसाङका कराते खेलाड़ीहरू नानीहरू। खरसाङको मार्टियल आर्ट एण्ड फिटनेस अकादमीकी निर्देशिका कल्पना क्षेत्री र प्रशिक्षक सुशील क्षेत्रीको नेतृत्वमा २९ कराँते खेलाड़ी विद्यार्थीको टोली विजय हाँसिल गरेर फर्केका छन्।

उत्तर बङ्गाल कराते च्याम्पियनसिपमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यार्थीहरुलाई कोलकाताको नेताजी इन्डोर स्टेडियममा हरेक वर्ष हुने अन्तर्राष्ट्रिय कराते च्याम्पियनशीपमा सहभागी हुन सर्टलिस्ट गरिएको थिए। यस वर्ष जुलाई २६ देखि २९ जुलाईसम्म आयोजना भएको च्याम्पियनशीपमा विद्यार्थीहरुले उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गरेको एकेडेमीका निर्देशकले जानकारी दिएती छन्। यस वर्ष धेरै बालबालिकाहरू भएकाले समग्र यात्रा व्यवस्थापन गर्न निकै कठिन थियो तर पनि विद्यार्थीहरूले ५ स्वर्ण, ३ रजत र ६ काँस्य पदकहरू जित्न सफल भएका छन्। स्वर्ण जित्नेमा सोनादाकी रेहाना राई, खरसाङका अभिमन्यु खवास, सिपाहीधुरा शाखाका आयुष्मा राई, इदान्त प्रधान र रेयान राई छन्।

खरसाङका प्रयण सुब्बा र सोनादाकी आयुष्मा तामाङ र सिपाहीधुरा शाखाकी वैष्णवी सिंहले रजत पदक जितेका छन्। कास्य पदक जित्नेमा कुमार स्पर्श, रेयांश प्रधान, डियोंकित लेप्चा, सिद्धार्थ तामाङ, ऋषिराज ठकुरी र प्रयोद्धी प्रधान आदि रहेका छन्।