राष्ट्रिय परिस्थितिबारे विज्ञको विचार तथा श्रष्टाको सृजना वाचन कार्यक्रम

IMG-20240729-WA0044

झापा (नेपाल): क्षीतिज साहित्य प्रतिष्ठान, झापाको आयोजनामा  एक कार्यक्रमका बीच हालको राष्ट्रिय परिस्थितिबारे विज्ञको विचार तथा श्रष्टाको सृजना वाचन कार्यक्रम २०८१ को समुदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका राष्ट्रिय संयोजक दुर्गा प्रसाईले आज देशदेशी र बिदेशी दलालहरुको चंगुलमा नराम्ररी फसेको छ l यस अबस्था प्रति जागरूक नागरिकबाट मात्रै राष्ट्रिय समस्याको समाधान सम्भव रहेको छ भन्दै अब भ्रष्ट नेता, दलाल व्यापारी र कमिशनखोर कर्मचारिहरुका बिरुद्ध संगठित भएर अगाडि बढ्नुको विकल्प छैन भनेl  उनले बर्तमान सरकारको भबिष्य नरहेको अबस्थामा खतरा तर्फ मोडिएको  देशको वर्तमान परिस्थिति प्रति अब युवा शक्तिबाट नै समाज र देश रूपान्तरणको अपेक्षा गर्नु सकिने बताएl

प्रतिष्ठानका उपाध्यक्ष दुर्गा प्रसाद सिग्देलको अध्यक्षतामा भएको सो कार्यक्रममा वेद विद्यालय माईधामका अध्यक्ष स्वामी १००८ भागवताचार्य, विश्व हिन्दू परिषद, झापाका अध्यक्ष होमनाथ ढुङगेल, कन्काईधाम कोटिहोम विकास समितिका अध्यक्ष शेर बहादुर थापाले हिन्दू धर्म माथि आज देशभित्र बिदेशी मिशिनरीहरुको ठाडो हस्तक्षेपले देशमा बढ़दो धर्मान्तरणलाई नियन्त्रण गर्न राज्यको भूमिका निराशाजनक देखिएको हुँदा यसको प्रतिरोध जन स्तरबाट हुनु पर्नेमा जोड दिए l  

सो कार्यक्रममा   साहित्यकार पुण्य प्रसाद खरेल, समालोचक डा. पुण्य प्रसाद सिग्देल,  स्वतन्त्र पत्रकार संघ कोशी प्रदेश संयोजक देवेन्द्रकिशोर ढुङगाना, नाटककारब्दय माधव कल्पित, प्रेम खरेलले वर्तमान देशको बिग्रदो अवस्थाप्रति सृजकहरुको चिन्तन र लेखन ब्दारा नागरिकहरुलाई झक्झकाउन आवश्यक रहेको बताएl  कार्यक्रमका बीच कविहरु राधा सुवदी, देवेन्द्र किशोर ढुङगाना, टिका चापागाई, पवन ढुङगेल, खगेन्द्र खुशी, भीमा ख़ातिवड़ा, जय प्रसाद आचार्य, लक्ष्मी अच्यूत ढुङगाना, जमुना खरेल, सम्बृद्धि  ढुङगेल,मिना अधिकारीले कविता वाचन गरेl कार्यक्रमको उदघोषण प्रतिष्ठानका सचिव डिल्लीं राम परदेशीले गरेका छन्l कार्यक्रममा सप्तक संगीत विद्यालय बिर्तामोड़का भाई बहिनीहरुले स्वागत गीतबाट प्रारम्भ गरिएको सो अबसरमा बाल कलाकार आशुतोष भट्टराईले राष्ट्रिय परिस्थितिबारे बिज्ञको बिचार तथा श्रष्टाको सृजना वाचन कार्यक्रममा वाल कलाकार आशुतोष भट्टराईले नाट्य प्रहसन गरेl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement