सिलगढी नेपाली साहित्य संस्थानद्वारा बाल भानु जयन्ती पालन

IMG-20240729-WA0227

सिलगढी: सिलगढी नेपाली साहित्य संस्थानले आफ्नो प्रति वर्ष हुने बाल भानु जयन्ती कार्यक्रम पालन गऱ्यो। सिलगडी देवकोटा सङ्घमा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न विद्यालयहरूले भाग लिएका थिए। सिलगडी नेपाली साहित्य संस्थानले प्रतिवर्ष सिलगडी तराईका नेपाली भाषा साहित्य पढाइने विद्यालयहरूलाई लिएर यो कार्यक्रम आयोजना गर्छ। यसमा विभिन्न कार्यक्रमहरू प्रतियोगितात्मक रूपमा राखिएका हुन्छन्। यस वर्ष पाँचवटा कार्यक्रमहरू राखिएका थिए, ती हुन्- भानु कवितानुकृति, रामायण पाठ प्रतियोगिता, सामूहिक नेपाली लोक गीत प्रतियोगिता, नाटक प्रतियोगिता, वक्तृता प्रतियोगिता अनि सामूहिक नेपाली लोक नृत्य प्रतियोगिता। यस कार्यक्रममा जम्म छवटा विद्यालयहरू क्रमशः नेपाली हाई स्कुल नक्सलबारी, मोदी पब्लिक स्कूल मतिगढा, रविरत्न नेपाली बालिका विद्यालय सिलगडी, गडविन मर्डन स्कूल सालबारी, गान्धी मेमोरियल हाई स्कूल बागडोगरा अनि क्याम्पेन इन्टरनेस्नल स्कूलले भाग लिएका थिए। संस्थानको यस कार्यक्रममा राज्य अनि राष्ट्रिय साथै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रस्तुत गरेका बाल बालिकाहरू नै कार्यक्रमका अध्यक्ष, मुख्य अतिथि हुने गर्छन्। यस वर्ष पानीघट्टा निवासी विनेश राई कार्यक्रमका अध्यक्ष थिए भने कार्यक्रमका मुख्य अतिथि गाडीधुरा निवासी अवस्था थापा थिइन्। विनेश राईले आफ्नो नृत्यकलाको प्रस्तुति राष्ट्रिय अनि अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरिसकेका छन् भने अवस्था थापा एकजना प्रतिभाशाली बाल अभिनेत्री हुन्। उनले जीवन काँडा कि फुल चलचित्रमा साहित्यकार झमक घिमिरेको बाल्यकालको अभिनय गरेकी थिइन्। उनको अभिनयलाई सबैले मन पराएका थिए। कार्यक्रममा कादम्बरी सुब्बाले अतिथि कलाकारका रूपमा आफ्नो नेपाली नृत्य प्रस्तुत गरेकी थिइन्। यस प्रतियोगितात्मक कार्यक्रममा क्रमशः भानु कवितानुकृति प्रतियोगितामा प्रथम स्थान रविरत्न ढुङ्गाना बालिका विद्यालय सिलगडी, दोस्रो मोदी पब्लिक स्कूल मतिगढा, तेस्रो नेपाली हाई स्कूल नक्सलबारी भएका थिए।
सामूहिक नेपाली लोक गीत प्रतियोगितामा प्रथम गान्धी मेमोरियल हाई स्कुल बागडोगरा, दोस्रो मोदी पब्लिक स्कूल मतिगढा, तेस्रो रविरत्न ढुङ्गाना बालिका विद्यालय भएका थिए।
नाटक प्रतियोगितामा प्रथम गडविन मर्डन स्कूल सालबारी, दोस्रो गान्धी मेमोरियल हाई स्कूल बागडोगरा अनि तेस्रो नेपाली हाई स्कूल नक्सलबारी भएका थिए।
वक्तृता प्रतियोगितामा प्रथम मोदी पब्लिक स्कूल मतिगढा, दोस्रो गडविन मर्डन स्कूल सालबारी, नेपाली हाई स्कूल नक्सलबारी भएका थिए। सामूहिक नेपाली लोक नृत्य प्रतियोगितामा प्रथम मोदी पब्लिक स्कुल मतिगढा, दोस्रो रविरत्न ढुङ्गाना बालिका विद्यालय, तेस्रो गान्धी मेमोरियल हाई स्कुल बागडोगार भएका थिए। कार्यक्रमका निर्णायकहरू क्रमशः कवि राजा पुनियानी, वरिष्ठ गायिका रिमला मोक्तान दाहाल, वरिष्ठ साहित्यकार मुक्ति उपाध्याय बराल, उप प्राध्यापक मेघनाथ छेत्री अनि शिक्षक उपमा प्रधान रहेका थिए। कार्यक्रमको साङ्गोपाङ्गो पर्यवेक्षणीय मन्तव्य वरिष्ठ साहित्यकार ज्ञानेन्द्र खतिवडाले राखेका थिए भने कार्यक्रमको सञ्चालन नेपाली हाई स्कूल नक्सलबारीकी विद्यार्थी प्रिया थापाले गरेकी थिइन्।

यस कार्यक्रममा सिलगडी क्षेत्रका वरिष्ठ साहित्यकार, शिक्षक, अधिकारीवर्ग उपस्थित रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *