कोलकोतामा सम्पन्न आठौं अन्तरार्ष्ट्रीय कराँते च्याम्पियनशीपमा सोनादाकी रेहाना राईले जितिन् गोल्ड मेडल

IMG-20240729-WA0222

सोनादा: कोलकोतामा सम्पन्न आठौं अन्तरार्ष्ट्रीय कराँते च्याम्पियनशीपमा सोनादाकी ९ वर्षीय रेहाना राईले गोल्ड मेडल जितेका छन्। सोनादाको रातो माटे निवासी पिता रबीन राई र माता रेखा राईकी ९ वर्षीय छोरी रेहाना राईले कोलकोताको नेताजी इण्डोर स्टेडियममा सम्पन्न आठौं अन्तर्राष्ट्रीय कराँते च्याम्पियनशीपमा गोल्ड मेडल जितेर सोनादा क्षेत्र लगायत सम्पूर्ण पहाडलाई नै गौरान्वित बनाएका छन्। कोलकोताको नेताजी इण्डोर स्टेडियममा सम्पन्न आठौं अन्तर्राष्ट्रीय कराँते च्याम्पियनशीप गत २६ देखि २८ जुलाईसम्म विभिन्न वर्गमा सम्पन्न भएको थियो। रेहाना राई मार्टियल आर्ट एण्ड फिटनेस अकादमी खरसाङको ब्राञ्ज सोनादामा प्रशिक्षण लिएकी थिइन्। यसै खेलमा उनीसितै सोनादा निवासी १४ वर्षीय आयुसमा तामाङले पनि सिल्भर मेडल जित्न सफल भएकी छन्। उनी सोनादाको पेट्रोल पम्प निवासी हुन्। दुवैले मार्टियल आर्ट एण्ड फिटनेस अकादमी खरसाङको ब्राञ्ज सोनादामा कराँते प्रशिक्षण लिएका हुन्। मार्टियल आर्ट एण्ड फिटनेस अकादमीको निर्देशिका कल्पना छेत्री प्रधान र कोच सुशिल छेत्रीको अगुवाईमा खरसाङ, सोनादा, दिलराम, महानदी क्षेत्रबाट कराँते खेलाड़ीहरू कोलकाता गएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *