खरसाङ क्षेत्रका होम स्टे सञ्चालकहरू र पर्यटन व्यवसायसित सम्बन्धित व्यक्तिहरूलाई लिएर सभा सम्पन्न

IMG-20240729-WA0208

खरसाङ: खरसाङ क्षेत्रमा रहेको होम स्टेहरू सञ्चालकहरू अनि पर्यटन व्यवसायसित संलग्न रहेका व्यक्तिहरूलाई लिएर खरसाङमा एक सभा सम्पन्न भएको छ। खरसाङ क्षेत्रमा पर्यटन व्यवसाय अनि पर्यावरण सुरक्षाको निम्ति एउटा कमिटी गठन गरिन जरूरी रहेकोले सभामा एक महिनाको निम्ति एउटा कमिटी गठन गरिएको छ। यस सभामा खरसाङ क्षेत्रमा रहेका होमस्टे ओनर, टूर एण्ड ट्राभल्स सञ्चालन गर्नेहरू, टुरिस्ट क्याब चलाउनेहरू, टुरिष्ट गाइड अनि खरसाङ क्षेत्रमा होम स्टे अनि पर्यटन व्यवसायमा रूचि राख्ने बेरोजगार युवाहरूको उपस्थिति रहेको थियो। यस सभाको आयोजनाबारेमा यस संस्थाका एक सदस्य विधान गुरूङले पत्रकारहरूलाई सम्बोधन गर्दै विस्तृत जानकारी दिएका छन्। उनले खरसाङ क्षेत्रका होम स्टे सञ्चालकहरू र पर्यटन व्यवसायसित सम्बन्धित व्यक्तिहरूलाई लिएर सभा आयोजना गर्ने विषयमा धेरै अघिदेखि सभा गर्ने सोचेका थियौं र यसको मुख्य उद्देश्य पर्यटन व्यवसायलाई अघि बढ़ाउँदै यस क्षेत्रको पर्यावरण संरक्षण गर्नलाई सभा गरेर संरक्षण कमिटी एक महिनाको निम्ति गठन गरिएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement