अनियन्त्रित बस सडक छेउमा पल्टियो

IMG-20240729-WA0165

सिलगढी: शिव मन्दिर स्थित उत्तर बंगाल विश्वविद्यालय गेट नम्बर २ अगाडि एउटा बस नियन्त्रण बाहिर गएर पल्टिएको छ। स्थानीय स्रोतका अनुसार पानी ट्यांकीबाट सिलगढीतर्फ जाँदै गरेको बस उत्तर बंगाल विश्वविद्यालयको गेट नम्बर दुईमा पुग्दा अचानक त्यहाँको ट्राफिक सिग्नल रातो भयो। तीब्र गतिका कारण बस अनियन्त्रित भई राष्ट्रिय राजमार्गको छेउमा पल्टियो। घटनाको जानकारी पाएलगत्तै ट्राफिक गार्डदेखि दमकलका गाडीसम्म सबै घटनास्थलमा पुग्यो। बसमा करिब २५ जना यात्रु सवार थिए। घटनाका कारण बसमा सवार यात्रुलाई सामान्य चोटपटक लागेको छ भने हाल चालक, सहचालकसहित सबैको अवस्था सामान्य रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement