मिरिक: मिरिक महकुमाको घैयाबारीको ३०० गोलाई नजिकमा आज पिक अप म्यान दुर्घटनागस्त हुँदा एकजनाको मृत्यु २६ जना घाइते भएका छन्। बिहान १०:२० बजीतिर २७ जना कवाडिया श्रध्दालुहरू अलिपुरद्वार जिल्लाको बारोबिशाबाट आएका थिए। श्रध्दालुहरू डब्ल्युबी ६९ ए ०५५० नम्बरको पिक अप भ्यानमा चढेर आईरहेका थिए। उक्त दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य २६ जना घाइते भएको जानकारी प्राप्त भएको छ। घाइतेहरूलाई उत्तर बंगाल मेडिकल कलेजमा रेफर गरिएको छ। उक्त श्रध्दालुहरू जलपेस गईरहेका थिए भने यसै क्रममा उनीहरू मिरिक घुम्न आएका थिए भने यसै क्रममा पिक अप भ्यान दुर्घटना भएको जानकारी प्राप्त भएको छ।










