भारतीय महिला धनुकाँड़ (आर्चरी) टीम क्वार्टर फाइनलमा हारेर बाहिर

IMG-20240729-WA0129

पेरिस: भारतकी सबैभन्दा अनुभवी धनुर्धर दीपिका कुमारीले फेरि एकपल्ट निराश गरिन् अनि उनको खराब प्रदर्शनले गर्दा नै भारतीय महिला धनुकाँड़ टीम पेरिस ओलम्पिकमा नीदरल्याण्डविरुद्ध क्वार्टर फाइनलमा ०-६-ले पराजित भएर बाहिर भयो। भारतीय टीमकी सबैभन्दा युवा खेलाड़ी हरियाणाकी १८ वर्षीय भजन कौरले ६०-मा ५६ पोइण्ट्स बटुलिन् तर दीपिका र अंकिता भकत जस्ता अनुभवी खेलाड़ीको फ्लप शो-ले भारतलाई डुबायो। यी दुईले ५०-को स्कोर पनि पार गर्न सकिनन्। यसैकारण भारत ५१-५२, ४९-५४, ४८-५३-ले पराजित भयो। चौथोपल्ट ओलम्पिकमा हिस्सा लिइरहेकी दीपिकाले ४८ र भकतले ४६ पोइण्ट्स बटुलिन्। यसरी भजनले ५६ पोइण्ट्स हासिल गरिन्। भारतले क्वालीफिकेशनमा चौथो स्थानमा रहेर क्वार्टर फाइनलमा स्थान बनाएको थियो। भारतीय धनुकाँड़ टीमका एकजना सीनियर अधिकारीले भने, हामीले यस्तो प्रदर्शनको आशा गरेका थिएनौ। दीपिकाले ट्रायलमा सर्वश्रेष्ठ प्रदर्शन गरेकी थिइन् तर यसपाली उनको खराब प्रदर्शनले टीमलाई डुबायो। भारतीय टीमले यसै डच टीमलाई गत महिना अन्ताल्या वर्ल्ड कपमा ६-२-ले पराजित गरेको थियो। यो टीमको असफलता हो अनि दीपिकाले जिम्मेवारी लिनु पर्नेछ। भारतीय महिला टीमकी प्रशिक्षक पूर्णिमा महतोले भनिन्, अनुभवी धनुर्धर भएकी हुनाले दीपिकाले मानसिक रूपले मजबूत भएर खेल्नु पर्ने थियो। अब उनले मिश्रित र व्यक्तिगत स्पर्धामा असल प्रदर्शन गर्ने आशा छ। यसबीच पुरुष टीमले सोमवार आफ्नो अभियान शुरु गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement