दुधे: राई गाउँ फूटबल क्लब (आरजीएफसी)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा शान्ति बस्तीले क्वार्टर फाइनलमा स्थान बनायो। दुधे फूटबल मैदानमा आइतवार भएको छैटौं प्री-क्वार्टर फाइनल म्याचमा शान्ति बस्तीले यूकेएफसी फूटबल एकाडमीलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट विक्रम दर्जीले १७औं र ५९औं मिनटमा ३ गोल गरे। यसबाहेक रबिन मंगरले ४५औं मिनटमा एक गोल गरे। यसरी यूकेएफसी एकाडमीबाट छेवांग लामाले सातौं मिनटमा गोल गरे। म्याचमा रेफरीको भूमिका मनदीप रिजालले निर्वाह गरेका थिए। यसरी सहायक रेफरीको भूमिकामा प्रवीण प्रधान र अविनाश राई थिए जबकि सुरज राई फोर्थ अफिसियल रहेका थिए। अब सोमवार खेलिने सातौं प्री-क्वार्टर फाइनल म्याचमा आयोजक आरजीएफसी र सेण्ट्रल बस्तीबीच भिड़न्त हुनेछ। म्याच दिउँसो ३ बजीदेखि शुरु हुनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १० र ११ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ भनी आयोजक समितिको पक्षमा विशाल सुब्बाले जानकारी दिएका छन्।