जलढाका: जलढाका स्पोर्ट्स एसोसिएशनको आयोजनमा ७८औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्ट आइतवारदेखि शुरु भयो। झोलुंग खेल मैदानमा भएको टुर्नामेण्टको उद्घाटन म्याचमा नगरकटाको जलढाका स्पोर्टिंग क्लबले बीएफपीए, बिन्दुलाई ३-१-ले पराजित गऱ्यो। सोमवार खेलिने म्याचमा झोलुंग ब्रदर्स र जयगाउँ युनाइटेडबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः १० र १२ अगस्तमा हुनेछ। यसरी नै फाइनल १६ अगस्तमा खेलिनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। म्याचहरू दिउँसो ३ बजीदेखि शुरु हुने आयोजक समितिले जानकारी दिएको छ।