एमएलए च्यालेञ्ज कपः नादोङ भूटिया फूटबल एकाडमी र मल्ली फूटबल क्लब विजयी

IMG-20240729-WA0098

मल्ली: आईडीसीसी कमिटी १२- मल्ली कन्स्टीट्यूएन्सी-को आयोजनमा ७८औं स्वतन्त्रता दिवसको अवसरमा जारी प्रतिष्ठित एमएलए च्यालेञ्ज कप नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दुईवटा म्याच खेलियो। मल्ली डाँड़ा खेल मैदानमा भएको पहिलो म्याचमा नादोङ भूटिया फूटबल एकाडमीले राबोंग फूटबल क्लबलाई ३-०-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा मल्ली फूटबल क्लबले कालेबुङको हिल्स बोइज युनाइटेडलाई ४-१-ले पराजित गऱ्यो । म्याचमा मुख्य अतिथिको रूपमा रिक्साल दोर्जी भूटिया (एमएलए, राभंगला) उपस्थित थिए। सोमवार दुईवटा म्याच खेलिनेछ। पहिलो म्याचमा सिलगढ़ी युनाइटेड फूटबल क्लब र मिक्स्ड अप् बोइजबीच भिड़न्त हुनेछ। यसरी दोस्रो म्याच केएसए, किर्ने र सुम्बुक फूटबल क्लबबीच खेलिनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल १२ र १३ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ। यसरी १३ अगस्तमा म्याराथन दौड़ अनि अण्डर-१४ इण्टर स्कूल फूटबल टुर्नामेण्टको फाइनलसहित अन्य कार्यक्रमहरू रहनेछ।

यस प्रतिष्ठित नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement