बिधेयक मस्यौदा संसदबाट पारित नहुँदा क्षतिपूर्ति पाउन सकेनन्

IMG-20240729-WA0013

झापा: विधेयकको मस्यौदा संसदबाट पारित नहुँदा बिमान दुर्घटनामा निधन भएका आफन्तले क्षतिपूर्ति रकम कम्तिमा १ करोड ३३ लाख रुपैयाँ पाउनुपर्नेमा जम्मा २६ लाख रुपैयाँ मात्रै पाउने भएका छन्। ‘हवाई यातायात सेवा सञ्‍चालन संस्थाको दायित्व तथा बिमा सम्बन्धमा व्यवस्था गर्ने विधेयक’ बनाउन ढिलो गरेकै कारण कम पैसा पाउने भएका हुन्। यो विधेयक स्वीकृत भएपछि आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउनेको परिवारले पाउने यस्तो क्षतिपूर्ति रकम कम्तिमा १ करोड ३३ लाख रुपैयाँ हुन्छ। उक्त कानुन बनेको अवस्थामा आन्तरिक उडानमा ज्यान गुमाउने यात्रुले हाल पाउँदै आएको बिमा रकम ५ गुणाले बढ्ने छ। मन्त्रिपरिषदले उक्त विधेयकको मस्यौदालाई स्वीकृत गरिसकेको छ। तर, त्यसलाई अन्तिम रुप दिएर संसदबाट पारित गराउन भएको ढिलाइ भएका कारण क्षतिपूर्ति रकम कम पाउने भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement