झापा: झापाको झापा गाउँ पालिकामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। झापा गाउँपालिका वडा नम्बर. ३ फुलगाछी चोकस्थित कुमरखोद–सुरुङ्गा सडक खण्डमा आइतबार दिउँसो १२ः४५ बजेको समयमा सुरुङ्गाबाट झापातर्फ जाँदै गरेको प्रदेश १–०१–०१६–१६१२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा परी मोटरसाइकल चालक सोही ठाउँका ५४ वर्षीय निजामुदिन मियाँ र मोटरसाइकलमा पछाडि सवार उनका छोरा १९ वर्षीय सालेमान मियाँ घाइते भएका थिए। घाइतेहरूलाई तत्काल उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्याए लगतै डाक्टरले चेकजाँच गर्दा चालक निजामुदिनको मृत्यु भइसकेको साथै उनका छोराको बायाँ हातमा चोट लागेका घाइते सालेमानको सो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।