गान्तोक: दक्षिण सिक्किमको पोकलक कामराङ समष्टिअन्तर्गत चिसोपानीमा अवस्थित सेन्टर फर कम्प्यूटर एण्ड कम्यूनिकेशन टेक्नलोजी (सीसीसीटी) दश दिवसीय स्वागत कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। यस अवधि कार्यक्रममा विभिन्न अतिथिहरूले उपस्थिति जनाएका थिए। अन्तिम दिनको कार्यक्रममा सिक्किम सरकारका शिक्षा विभागका सचिव (तक्निकी, उच्च शिक्षा र मेडिकल) छेवाङ्ग ग्याछो मुख्य अतिथि रहेका थिए। यसरीनै शिक्षा विभागका विशेष सचिव तथा निर्देशक भीम ठटाल विशिष्ट अतिथि रहेका थिए।

कार्यक्रमको आरम्भ अघि सिक्किम पर्यावरण पर्वअन्तर्गत अतिथिहरूद्वारा संस्थानको परिसरमा विभिन्न प्रजातिका विरुवा लगाइयो। त्यसपछि विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।








