गान्तोक: कृषि मन्त्री पुरण कुमार गुरुङले आज पूर्व सिक्किमको पाकिम जिल्लाअन्तर्गत रोड़ाथाङमा आयोजित ७८औं स्वतन्त्रता दिवस समारोह २०२४ अन्तर्गत फुटबल टुर्नामेन्टको विधिवत उद्घाटन गरे। रोड़ाथाङ सोसियल वेलफेयर सोसाइटीद्वारा रोड़ाथाङ स्कूल खेल मैदानमा आयोजित यस स्व. मनबहादुर समृति फुटबल टुर्नामेन्टको फाइनल खेला आगामी १५ अगस्त स्वतन्त्रता दिवसको दिन हुनेछ।आजको पहिलो म्याच छुजाचेन स्पोर्ट्स एकाडेमी र कमरेक एफसी बीच खेलिएको थियो जसमा छुजाचेन स्पोर्ट्स एकाडेमी १ को विरुद्ध २ गोलले विजयी बन्यो। टुर्नामेन्टको पहिलो दिन विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।










