साहित्यकार नरबहादुर दाहाललाई रु. दुई लाख राशिको भानु-प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार प्रदान गरिने

Nar-Bahadur-Dahal

सिलगढी: नेपाल प्रज्ञा–प्रतिष्ठानको ३७औँ प्राज्ञ सभा सम्मानीय प्रधानमन्त्री एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर देउवाले समुद्घाटन गरे। प्रज्ञा भवनको प्रज्ञा सम प्रेक्षालयमा आयोजित समारोहमा ३७औँ प्राज्ञ सभाको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालका भाषा, साहित्य, कला र संस्कृति मुलुकको विशिष्ट गहना भएको बताए। उनले विश्वमा नेपाललाई परिचित गराउन भाषा, साहित्य, कला र संस्कृतिको महत्त्वपूर्ण योगदान रहेको चर्चा गदै यसको विकासमा सबैको प्रयास हुनुपर्ने विचार व्यक्त गरे। नेपाली भाषा, साहित्य, संस्कृतिको अध्ययन–अनुसन्धान र प्रवद्र्धनमा प्रज्ञा–प्रतिष्ठानले महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले प्रवासमा रहेका नेपालीलाई समेत भाषा र साहित्यको माध्यमले देशलाई जोड्ने कार्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानले महत्त्वपूर्ण कार्य गरिरहेको बताए।

उनले भने, ‘इतिहास निर्माणमा पुर्खाका योगदान हाम्रा गौरव हुन्। विविध जाति, भाषा, संस्कृति हाम्रा विशिष्ट सम्पदा हुन्। उनको खोजी र प्रकाशन आजको प्रमुख आवश्यकता हो। यो कार्यमा प्रज्ञा–प्रतिष्ठानले आउँदो दिनमा ध्यान दिई हाम्रो अपार बौद्धिक सम्पत्तिलाई विश्वसामु पस्कँदै ज्ञानको भण्डारलाई फराकिलो बनाउँदै लैजानुपर्छl’ उनले स्थापना कालमा ज्ञान विज्ञानको क्षेत्रसमेत प्रतिष्ठानको कार्यक्षेत्रभित्र रहेको स्मरण गर्दै वर्तमानमा भाषा साहित्य, कला, सङ्गीत नाट्यको बेग्लाबेग्लै प्रज्ञा–प्रतिष्ठान स्थापना गरी राज्यले प्राथमिकता दिइरहेको बताए।

समुद्घाटन समारोहपछि प्राज्ञ सभाका अध्यक्ष कुलपति गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा बसेको प्राज्ञ सभाको ३७औँ बैठकले विभिन्न विशिष्ट प्रतिभाहरूलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। ०७८÷०७९ का लागि भारत, दार्जीलिङका नरबहादुर दाहाललाई रु. दुई लाख राशिको भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *