मुख्यमन्त्रीले नवनियुक्त राज्यपाल ओम प्रकाश माथुरसॅंग भेट गरे

IMG-20240728-WA0260

नयाँ दिल्ली: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नयाँ दिल्लीमा राज्यका नवनियुक्त राज्यपाल ओम प्रकाश माथुरसँग सौजन्य भेट गरे। यो भेटघाट राज्यपालको वासस्थानमा भएको हो। भेटवार्ताको क्रममा मुख्यमन्त्री तामाङले सिक्किम सरकार र सम्पूर्ण सिक्किमवासीको पक्षमा नयाँ राज्यपाललाई बधाईको साथमा स्वागत जनाए।
पछि मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमा आज राज्यपाल ओम प्रकाश माथुरसँग भएको भेटघाट बारे जानकारी दिँदै भेटवार्तामा सिक्किमको पर्यटन, कृषि साथै अन्य विषयहरूमा विस्तृत रुपमा चर्चा गरिएको बताएका छन्। राज्यपालले सिक्किम राज्यलाई प्रगतिको दिशामा अझ अघि बड़ाउन सरकारलाई पूर्ण सहयोग एवं मार्गदर्शन दिने प्रतिवद्धता जाहेर गरेको पनि मुख्यमन्त्री तामाङले आफ्नो फेशबुक पोस्टमा उल्लेख गरेका छन्। समग्रमा राज्यपालसँगको पहिलो भेटवार्ता सफल र फलदायक रहेको मुख्यमन्त्री तामाङको भनाइ रहेको छ।
यस भेटवार्ताको अवसरमा मुख्यमन्त्रीको साथमा सिक्किम सरकारका मुख्य सचिव बीभी पाठकको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement