पाल्जोरमा गान्तोक जिल्लास्तरीय कराते च्याम्पियनशीप सम्पन्न

IMG-20240728-WA0261

गान्तोक: आज यहाँको पाल्जोर स्टेडियमको इण्डोर जिम्नाजियम हलमा गान्तोक जिल्ला कराते च्याम्पियनशीप २०२४मा सम्पन्न भयो। यस च्याम्पियनशीपमा जिल्लाका २ सयभन्दा अधिक खेलाड़ीहरूले भाग लिएका थिए। गान्तोक जिल्ला कराते डो एसोसिएशनद्वारा आयोजित च्याम्पियनशीपमा काता र कुम्ते विधामा विभिन्न वर्गका जम्मा ७५ वटा प्रतिस्पर्धा भएको थियो।च्याम्पियनशीपको समापन समारोहमा सिक्किम ओलम्पिक एसोसिएशनका अध्यक्ष कुबेर भण्डारी मुख्य अतिथि रहेका थिए। मुख्य अतिथिको बाहुलीबाट नै च्याम्पियनशीपका विजेताहरूलाई मेडल प्रदान गरियो। उल्लेखनीय छ, यस च्याम्पियनशीपका मेडल विजेताहरूले पाल्जोर स्टडियममा नै आगामी २४ देखि २६ अगस्तसम्म आयोजना हुने राज्यस्तरीय कराते च्याम्पियनशीप २०२४मा भाग लिने अवसर प्राप्त गरेका छन्। आज सम्पन्न जिल्लास्तरीय च्याम्पियनशीपमा खेलाड़ीहरूको सक्रिय सहभागितालाई लिएर गान्तोक जिल्ला कराते डो एसोसिएशनका अध्यक्ष विमला गुरुङले हर्ष व्यक्त गरेकी छन्। सङ्गठनको स्थापना पछिको यो अहिलेसम्मकै सर्वाधिक सहभागिता रहेको उनले बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement