जिल्लापालले गरे रम्फू तल्लो बजारको प्रभावित क्षेत्रको निरीक्षण

n6240850341722188674999d75d3904826552c1d2d2c1ff42c5bdb6b7adec791c0b7fddc88dfc5944976ce9

गान्तोक: पाकिम जिल्ला अन्तर्गत रम्फूको तल्लो बजारमा हिजो आगलागी हुँदा दुईवटा घरलाई व्यापकरूपमा क्षति पुगेको थियो। यसै घटनालाई गम्भीरतापूर्वक लिँदै पाकिम जिल्लाका जिल्लापाल आगवाने रोहन रमेशले आज रम्फू तल्लो बजारको प्रभावित क्षेत्रको निरीक्षण गरे।

निरीक्षण गर्नुको मुख्य उद्देश्य आगलागीको कारण भएको क्षय क्षतिबारे जायजा लिँदै शीघ्र पीड़ित परिवारलाई आवश्यक राहत प्रदान गरिनु रहेको थियो। यस अवसरमा जिल्लापालले प्रभावित परिवारको गुनासोबारे जानकारी लिॅंदै आगलागीको कारण भएको निम्ति दुःख व्यक्त गरे। पीड़ितहरूले आगालागीका कारण उनीहरूको महत्वपूर्ण कागज पत्र पनि जलेर नष्ट भएको अवगत गराए। पीड़ित परिवारले समस्या समाधान गरिदिनुपर्ने जिल्लापाललाई आग्रह पनि गरेका छन्।

पीड़ित परिवारको सबै गुनासो र समस्या सुनेपछि जिल्लापालले सबै कुरा सरकारको तर्फबाट प्रदान गरिने र यसको निम्ति पहल गर्ने आश्वासन दिएका छन्। निरीक्षणको क्रममा जिल्लापालले नेश्नल डिजास्टर रेस्पोन्स फण्ड- बाट नियम अनुसार पाउनु पर्ने आर्थिक सहयोग पनि तत्कालै प्रदान गरे।

आगालागीको कारण घर जलेर पूर्णरूपमा नष्ट भएका दुई परिवारलाई रम्फू बजार वरिपरि पूर्नवासको व्यवस्था गरिने बचन दिए। निरीक्षणको क्रममा रम्फू महकुमा अधिकारी थेन्डुप लेप्चा, पार्षद पिङ्कु प्रसाद लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement