घुसपैठ गर्दै गरेको समय पक्राउ

5079.jpg

कुचबिहार: सीमा सुरक्षा बल (बीएसएफ)ले आज दिएको जानकारी अनुसार उत्तर बंगाल फ्रन्टियरको जलपाईगढ़ी सेक्टर अधीनस्थ ९८औं बटालियन बीएसएफको सीमा चौकी चेङ्गरबान्धाका सीमा प्रहरीहरूले बांग्लादेशको जिल्ला रंगपुर निवासी अन्तर राय उर्फ विशाल (१८) लाई घुसपैठ गर्दै गरेको समय पक्राउ गरेका छन्। कारबाहीको निम्ति उसलाई मेखलीगंज पुलिसलाई सुम्पिएको छ।

यस बाहेक १५-१६ अगस्त रातमा उत्तर बंगाल फ्रन्टियर बीएसएफ अधीनस्थ वाहिनीहरूका सीमा प्रहरीहरूले आ-आफ्नो सीमावर्ती क्षेत्रहरूमा तस्करी विरोधी अभियान चलाउँदै एक पशु, २१५ बोतल प्रतिबन्धित कफ सिरप, २९ एक्सोटिक बर्ड (परेवा) र विविध प्रतिबन्धित सामग्री जफत गरेका छन्। सबै वस्तुहरूको कूल मूल्य ४५,६१६ रूपियाँ मापिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *