सिलगढी: सालुगढ़ा नेत्र बिन्दु संघको आयोजनमा जारी इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा बेतगेड़ा फूटबल क्लबले सजिलै कार्टर फाइनलमा प्रवेश गऱ्यो। सालुगढ़ा खेल मैदानमा आइतवार भएको एकतर्फी म्याचमा बेतगेड़ा फूटबल क्लबले लीजेण्ड्स फूटबल एकाडमीलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट पहिलो दुईवटा गोल अफ्रिकी मूलका खेलाड़ी इस्माइलले गरे। उनले छैटौं र ११औं मिनटमा गोल गरे। त्यसपछि करण राईले ७२औं मिनटमा लामो दूरीबाट दर्शनीय गोल गरी टीमको जीत सुनिश्चित गरे। सोमवार कुनै म्याच छैन। अब मंगलवार खेलिने म्याचमा आयोजक सालुगढ़ा नेत्र बिन्दु संघ र मजुआ फूटबल क्लबबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः १० र ११ अगस्तमा हुनेछ। यसरी नै फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। प्रत्येक म्याच दिउँसो ३:३० बजीदेखि शुरु हुनेछ।