अर्पिता मुखर्जीसित सोधपुछ गर्न ईडी पुग्यो अलिपुर महिला जेल

ED-3-1

कोलकाता: शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पूर्व शिक्षा मन्त्री पार्थ च्याटर्जीको साथ पक्रा परेकी उनकी महिला सहयोगी अर्पिता मुखर्जीसित सोधपुछ गर्न ईडी अधिकारीहरूको एक टीम मङ्गलबार अलिपुर महिला जेल पुगेको छ। ईडी स्रोतहरू अनुसार, पक्राउ गरिएको समय दुवैको फ्ल्याटमा तलाशी लिएको समय एक कालो डायरी उद्धार भएको थियो, जसमा उनीहरूको नाम र ठेगाना लेखिएको छ, जसलाई कथित रूपमा शिक्षक नियुक्ति भ्रष्टाचारबाट हासिल रूपियाँको हिस्सा दिइयो। यस बाहेक सम्पत्ति खरीद बिक्री र हवाला कारोबारको जानकारी पनि त्यसमा लेखिएको छ। पार्थ च्याटर्जीले कथित रूपमा बांग्लादेशमा रूपियाँको तस्करी गर्दै आइरहेका छन्। उक्त डायरीमा यसबारे पनि लेखिएको छ। यहीबारे सोधपुछ गर्न मङ्गलबार ईडी अधिकारीहरूको टीम अलिपुर जेल पुगेको छ।

उल्लेख्य, अर्पिता र पार्थको संयुक्त ठेगानामा तलाशी अभियान चलाएर ईडी अधिकारीहरूले अहिलेसम्म ५० करोड़ रूपियाँ नगदी, ४.२१ करोड़भन्दा धेरैको सुन-चाँदीको गहना र विदेशी मुद्रा बाहेक मोबाइल फोन र दर्जनभन्दा धेरै सम्पत्तिहरूको दस्तावेज बरामद गरिसकेका छन्। धेरै मुखौटा कम्पनीहरूको पनि दस्तावेज भेटिएको छ, जसको माध्यमले व्यापक स्तरमा रूपियाँलाई हवालाको माध्यमले विदेश पठाइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *