दार्जीलिङ पुलिस र दार्जीलिङ डायनामो विजयी

photocollage_2024728215010680

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी तीन स्तरीय (फर्ष्ट डिवीजन, सेकेण्ड डिवीजन र प्रीमियर डिवीजन) फूटबल लीगमा आइतवार दुईवटा म्याच खेलियो। लेबोंग स्थित गोर्खा स्टेडियममा आज भएको दिनको पहिलो म्याच (जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन लीग)-मा दार्जीलिङ पुलिसले भाह तकभर युनाइटेड फूटबल क्लबलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट वांगचुक तामाङले ६६औं, सिद्धान्त छेत्रीले ७५औं र अभिषेक दर्जीले ६८औंं मिनटमा गोल गरे। यसरी दिनको दोस्रो म्याच (डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीग)-मा दार्जीलिङ डायनामोले सेण्ट जोसेफ्स कलेजलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट ताकसिक भूटियाले २ गोल गरे। उनले ५६औं र ७६औं मिनटमा गोल गरे। यसबाहेक प्रीतम लिम्बुले २२औं मिनटमा गोल गरे। जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन लीग जम्मा ४ वटा टीमले हिस्सा लिएको छ। यसरी दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगमा जम्मा २० वटा टीमले हिस्सा लिनेछ। यसबाहेक डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement