स्वैच्छिक संस्थाको पहलमा आवारा कुकुरको नसबन्दी शिविर सम्पन्न

1022181-ratlam-dog

सिलगढी: स्वैच्छिक संस्था ‘निर्वाक आरण्यक’ले आवारा कुकुरको नसबंदी शिविर आयोजना गरेको छ। संस्थाले करिब एक सय सडकमा डुलिहिडने कुकुरलाई बाँझ बनाउने पहल गरेको छ। यो तीन दिने शिविर सिलगढीको ईस्टर्न बाईपास नजिकैको बानेश्वर टर्न नजिक आयोजना गरिएको बताइएको छ। भोलि शिविरको अन्तिम दिन हो। नसबंदीपछि आवारा कुकुरलाई तोकिएको क्षेत्रमा छोडिनेछ। यहाँ सिलगढी नगर निगमका मेयर गौतम देवले आज शिविरको भ्रमण गरे। यसै दिन मेयर गौतम देवले स्वयंसेवी संस्था निर्वाक आरण्यकले शिविर सञ्चालन गरिरहेको जानकारी दिए। जुन निकै राम्रो पहल हो। सिलगढीमा आवारा कुकुरको संख्या बढ्दै गएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement