रक्सीको नशामा दाजुले कान्छो भाईलाई हत्या गरेको आरोप

Chhetriya-Samachar-1

सिलगढी: रक्सीको नशामा ठूलो दाजुले कान्छो भाईलाई छुरी प्रहार गरी हत्या गरेको आरोप लागेको छl घटनापछि आरोपितदाजु फरार छन्। सिलगढी नगरनिगमको वार्ड नम्बर २२ तालतलाका पिन्टु पालको हत्या उनका दाजु मधुसूदन पालले गरेको आरोप छl आमा बिरामी हुँदा परिवारका सबै सदस्य अस्पतालमै थिए। त्यसबेला रक्सीको नशामा घरमा दुई दाजुभाईबीच झगडा भएको थियो, त्यही क्रममा आक्रोशित दाजुले भाईलाई छुरी प्रहार गर्दा पिन्टु पाल घाइते भएकाले परिवारका सदस्यलाई बोलाएको समाचारमा बताइएको छ। पिन्टु पालका परिवारका एक सदस्यले घटनाको खबर पाएपछि अस्पताल लगिएको बताइएको छ। उनको चोट गम्भीर भएकाले उनलाई अस्पतालबाट उत्तर बंगाल मेडिकल कलेज अस्पतालमा सारिएको थियो, त्यसपछि आइतबार राति उनको मृत्यु भयो। बिहान खबर पाएलगत्तै जिल्ला पार्षद दीप कर्माकर पिन्टु पालको घर पुगेर परिवारका सदस्यसँग कुरा गरेपछि मादक पदार्थ सेवन गरी दुई दाजुभाईबीच दिनहुँजसो सानातिना झगडा हुने गरेको बताए। यसको अन्त मृत्युमा समाप्त हुनेछ भनेर  कसैले सोचेका थिएनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement