जलपाईगडी: पछिल्ला केही दिनदेखि सिक्किम र दार्जिलिङका पहाडी क्षेत्रमा भारी वर्षा भइरहेको छ। जसका कारण टिष्टा फेरि संकटमा परेको छ। टिस्टाले पहाडी क्षेत्रमा कहर सुरु गरिसकेको छ भने तराईमा पनि यसको प्रभाव देखिएको छ। समतल क्षेत्रमा समेत नदीले तटीय क्षेत्रलाई डुबाउब थालेको छ। जसका कारण सिँचाइ विभागले धेरै क्षेत्रमा चेतावनी जारी गरेको छ।

आज बिहान ६ बजे २६३५ क्युमेक, बिहान ७ बजे ३३७६ क्युमेक, बिहान ९ बजे ३७१६ क्युमेक र विहान ११ बजे ३४३९ क्युमेक पानी निस्किएको खोलामा कति पानी बढेको छ भन्ने अनुमान गर्न सकिन्छ।