प्रज्ञा साझा मंचले भाषा संग्रामी बुद्धिमान प्रधान ‘बमप’लाई सम्बर्द्धना जनाउने

खरसाङ: आउँदो २२ अगस्तको दिन नेपाली भाषा मान्यता आन्दोलनका संग्रामी बुद्धिमान प्रधान ‘बमप’लाई हालैमा गठन भएको प्रज्ञा साझा मंचले सम्बर्द्धना जनाउने भएको छl २० अगस्त भाषा मान्यता दिवसको कार्यक्रम बारे विचार विमर्श गर्न प्रज्ञा साझा मंचको सभामा यस बारेमा निर्णय लिएको होl गोर्खा जन पुस्तकालयमा मंचका अध्यक्ष रमेश थापाको अध्यक्षतामा सम्पन्न भएको यसै सभामा नेपाली भाषा मान्यताको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका बुद्धिमान प्रधान ‘बमप’लाई सम्बर्द्धना जनाउने निर्णय लिइएको होl सो सम्बर्द्धना कार्यक्रम भाषा संग्रामी बुद्धिमान प्रधान ‘बमप’कै गाउँ सन्त मेरिज हिल, खरसाङस्थित ग्राम सुधार सेवा समितिको भवनमा बिहान ११ बजे सम्पन्न हुनेभएको छl यस कार्यक्रममा खरसाङ वरिपरिका संघ-संस्थाहरुका प्रतिनिधीहरु र ६ वटा विद्यालयबाट पाँच पाँचजना विद्यार्थीहरुलाई निम्त्याउनका निम्ति पत्राचार गरिने भएको छl यस बारेमा मंचका सचिव उषा किरण सत्यदर्शीले जानकारी दिएकी छिन्l उल्लेखनीय छ, प्रज्ञा साझा मञ्च साहित्य, कला, संस्कृति अनि समाज विकासका लागि स्थापित गरिएको होl

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *