सोनादामा पाँचौं दार्जिलिङ जिल्ला स्तरीय बक्सिङ च्याम्पियनशीपको आयोजना

IMG-20240728-WA0230

सोनादा: सोनादामा हालैमा खोलिएको तारा बक्सिङ एकाडेमीको आयोजनामा पाँचौं दार्जिलिङ जिल्ला स्तरीय बक्सिङ च्याम्पियनशीपको आयोजना गरिएको छ। उक्त बक्सिङ च्याम्पियनशीपमा दार्जिलिङ, कालेबुङ, खरसाङ, मिरिक, सिलगढी आदि क्षेत्रका जुनियर, सप जूनियर गरेर जम्मा ६० जनाभन्दा बेसीले सहभागिता जनाएका थिए। सोनादामा रहेको तारा बक्सिङ एकाडेमीले दार्जिलिङ जिल्ला बक्सिङ एसोसिएशनको, पश्चिम बंगाल प्रोगेसिभ बक्सिङ एसोसिएशन र गुड होप एकाडोमीको सयुंक्त आयोजनामा सम्पन्न भएको छ।

यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा बक्सिङमा पूर्व ओलम्पियन एसके राई उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा पश्चिम बंगाल प्रोगेसिभ बक्सिङ एसोसिएशनको उपाध्यक्ष हनिफ, बंगालको सचिव गोस्वामी, दार्जिलिङ जिल्ला बक्सिङ एसोसिएशनको सभापति खोकन भट्टाचार्य, चिफ् कोच महेन्द्र थापा, देवकुमार प्रधान, दिपेन्द्र मुखिया र अन्यहरू उपस्थित रहेका थिए। कार्यक्रमलाई रशिक छेत्रीले सञ्चालन गरेका थिए। यसै कार्यक्रममा मुख्य अतिथि साथै बक्सिङमा पूर्व ओलम्पियन एसके राईलाई सम्बर्ध्दना जनाइएको छ। यस पाँचौ दार्जिलिङ जिल्ला स्तरीय बक्सिङ च्याम्पियनशीप विषयमा पत्रकारहरूसित कुराकानी गर्दै तारा बक्सिङ एकाडेमीको एमडी सुरेन्द्र तामाङले सोनादामा विगत २०-२२ दिन अघि मात्र सञ्चालनमा आएको तारा बक्सिङ एकाडेमीले जिल्ला स्तरीय बक्सिङ च्याम्पियनशीपको आयोजना गरेर ठूलो उपलब्धि हाँसिल गरेको बताएका छन्। उनले यो जिल्ला स्तरीय बक्सिङ च्याम्पियनशीप सोनोदामा प्रथमपल्ट रहेको पनि बताएका छन्।

उनले सोनादामा बक्सिङ अकाडेमी खोल्नुको मुख्य उद्देश्य वर्तमान समयमा नानीहरूलाई मोबाइल फोनको लत र अनलाइन गेमहरूबाट टाडो राख्नु साथै शारिरीक रूपमा बलियो बनाउन रहेको बताउँदै इच्छुकहरूले यस बक्सिङ एकाडेमीमा आएर ट्रेनिङ लिन सक्ने बताएका छन्।

About Author

Advertisement