कथा बाचिका देवी प्रतिभाले विभेदकारी प्रवचन दिएको भन्दै यतिबेला सर्वत्र आलोचना

IMG-20240728-WA0223

काठमांडू: नेपाल आमाकी छोरी देवी प्रतिभाले कथा बाचनको क्रममा विभेदकारी प्रवचन दिइरहेको भन्दै देवी प्रतिभाको तिव्र आलोचना भइरहेको हो। श्री पशुपति कोटिहोम १०८ श्रीम‌द्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ मा नेपाल आएर प्रवचन दिइरहेकी देवी प्रतिभाको छोरा–छोरीका सम्बन्धमा दिएको प्रवचन विवादमा परेको हो। देवी प्रतिभा भारतमा सबैभन्दा चर्चित कथा बाचिका हुन। ‘उनले हजुरको घरमा छोरा छ तर छोरी छैन भने त्यो घरमा कहिलैपनि खुशी आउँदैन, रौनक गर्ने त केबल छोरीले मात्रै हो। पुत्रले एउटा कुललाई तार्छ तर पुत्रीले दुई वटा कुललाई तार्छिन्। भनिन्छ भाग्यशाली हुन्छन् ती आमा–बुबा जसको घरमा पुत्रको जन्म हुन्छ र शौभाग्यशाली हुन्छन् ती पिता जसको घरमा छोरीको जन्म हुन्छ, जसको घरमा छोरीको जन्म हुन्छ। ’यो प्रवचन विभेदकारी भएको भन्दै उक्त भिडियो अहिले गालीका शब्दसहित भाइरल बनिरहेको छ। छोरा होस् वा छोरी जो भएपनि शौभाग्यशाली र भाग्यशाली नै हुन्छन्। विभेद गर्नुहुन्न भन्ने दृष्टिकोण राखेर यो भिडियो भाइरल भइरहेको हो। पछिल्लो समय एक मात्र सन्तान बनाउँने पुस्ताहरुले उनको विभेदकारी प्रवचनको खुबै विरोध गरिरहेका छन्। उनले समाज भाँड्न खोजेको आरोप लगाइरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement