शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गर्दै अप्पर सिरुबारीमा वृक्ष रोपणको कार्य सम्पन्न

IMG-20240728-WA0201

खरसाङ: गोर्खाल्याण्ड आन्दोलनमा शहीद हुनेहरुप्रति साथै पूर्व राष्ट्रपति स्व डा अब्दुल कलामको पुण्य स्मृतिमा खरसाङको माथिल्लो सिरु‌बारीका तीनैवटा संस्थाद्वारा संयुक्तमा श्रध्दाञ्जली अर्पण कार्यक्रम सम्पन्न भएको छ। अप्पर सिरुबारीको तीनवटा संस्थाहरू क्रमैले अग्रिम वेलफेयर सोसाइटी, समाज सेवा समिति र तामाङ संस्थाद्वारा माथिल्लो सिरुबारी बर्निङ घाट परिसर साथै वरिपरिका गाउँका निजी खाली जमीनमा जसले दाह संस्कारको निम्ति जन्माउने दाउरा प्रदान गर्थे उनीहरूको जमीनमा लगभग एक सयभन्दा बढ़ी वृक्षरोपण गरियो। यस वृक्ष रोपणमा अग्रिम केलफेयर सोसाईटीका सभापति अभिषेक थापा, उप-सभापति सचिव सुभम नायक, समाज सेवा समितिको सभापति विष्णु परियार, सचिव राजकुमार सिंह अनि तामाङ संस्थाका सचिव दिपंकर गुरुङ साथै पूर्व सचिव एसके शेर्पा, कोषाध्यक्ष सुरेश घिसिङ लगयत तीनैवटा संस्थाका सदस्यगणको उपस्थितिमा वृक्षरोपण गरियो। अन्त्यमा तामाङ संस्थाका सचिवद्वारा सम्पूर्ण सह‌भागिता जनाउने सदस्य लगायत डिएफओ खरसाङलाई उक्त विरुवा प्रदान गरी दिएकोमा धन्यवाद दिइएको छ भनी तामाङ समाजको सचिव दिपंकर गुरुङले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement