भानु वेलफेयर अर्गनाइजेसनको पाँचौं स्थापना दिवस सम्पन्न

IMG-20240728-WA0190

खरसाङ: खरसाङ नगरपालिकाको वार्ड नम्बर १८ स्थित भानु वेलफेयर अर्गनाइजेसनले आफ्नो पाँचौ स्थापना दिवस मनाएको छ। गोर्खा पुस्तकालयको प्रेक्षागृहमा आयोजित स्थापना दिवस समारोहमा अर्गनाइजेसनका सदस्यहरूले केक काटेर कार्यक्रम शुरु गरेका थिए। कार्यक्रमलाई अर्गनाइजेसनका सचिव सरोज चौहानले सञ्चालन गरेका थिए।
उपस्थित सदस्यहरूलाई बधाई अनि धन्यवाद दिँदै अर्गनाइजेसनका अध्यक्ष शशि थापा आलेले भनिन्, “कोरोनाको संक्रमणकाल शुरु हुनु केही महिना अघि स्थापना भएको हाम्रो अर्गनाइजेसनले पाँचौँ स्थापना दिवस मनाउन धेरै कठिन यात्रा तय गर्नु परेको थियो। धेरै संस्थापक सदस्यहरू हामीदेखि चुँडिएर जानु भयो भने धेरै नयाँ सदस्यहरू जोडिनु पनि भयो।”
अर्गनाइजेसनमा कानुनी सल्लाहकार अधिवक्ता विशाल लामाबाहेक सबै सदस्य महिला रहेका छन्। विगत पाँच वर्षमा अर्गनाइजेसनले सुदुर ठाउँहरूमा निःशुल्क स्वास्थ्य शिविर, आँखा जाँच शिविर, जनचेतना कार्यक्रम, महिला सशक्तिकरण जनचेतना कार्यक्रम, विद्यालयका विद्यार्थीहरुमाझ पोकसोमाथि जनचेतना, वार्ड सर सफाई, वृद्धहरुको निम्ति स्वास्थ्य जाँच, बिरामीको उपचारको निम्ति अनुदान आदि आयोजना रहेका छन्।
सचिव सरोज चौहानले सदस्यहरूलाई धन्यवाद दिँदै भनिन् – ‘हामीले संस्थालाई यहाँसम्म ल्याउनु सकेको मुख्य कारण हाम्रा कार्यक्रमहरु अनि सदस्यहरूको आत्मविश्वासको कारण हो। कार्यक्रम एक व्यक्तिले गर्नु सक्ने होइन। हाम्रा हरेक सदस्य जुन जोश अनि जाँगर लिएर आउनु हुन्छ हाम्रो संस्था त्यही रूपमा सशक्त भएर जान्छ। हामीले कम पैसामा पनि धेरै उपयोगी कार्यक्रम गर्नु सक्यौं। “

भानु वेलफेयर अर्गनाइजेसन एक पञ्जिकृत संस्था हो। सदस्यहरूमाझ अर्थ सङ्कलन गरेर उनीहरू समाज सेवामा लागेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement