सिमुलबारी गोल्ड कप २३ अगस्तदेखि

IMG-20220816-WA0124.jpg

१६ अगस्तः सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको तेस्रो संस्करण २३ अगस्तदेखि शुरु हुनेछ। टुर्नामेण्टमा उत्तर बंगालका नामी-दामी टीमहरूका साथमा छिमेकी देश नेपालका शीर्ष टीमहरूले हिस्सा लिनेछ। आउँदो २३ अगस्तको दिन खेलिने उद्घाटन म्याचमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी) र दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ९ र १० सेप्टेम्बरमा खेलिनेछ। यसरी नै फाइनल १३ सेप्टेम्बरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। सबै म्याचहरू सिमुलबारी खेल मैदानमा हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *