उच्च तापक्रममा बाँच्न सक्ने बीउ किसानलाई उपलब्ध गराइने

IMG-20240728-WA0157

जलपाईगढी: उच्च तापक्रममा पनि बाँच्न सक्ने बीउ किसानहरूलाई दिइनेछ। जलपाईगढी जिल्ला पनि ग्लोबल वार्मिङबाट अछुतो छैन र यसको प्रभाव तराईका साथै पहाडी क्षेत्रमा पनि देखिएको छ। जिल्लाको तापक्रम हरेक वर्ष बढ्दै गएकाले कृषिमा असर परेको छ, बाली उत्पादन घट्दै गएको छ भने किसान समस्यामा परेका छन्। यसैलाई ध्यानमा राख्दै यस वर्षको केन्द्रीय बजेटमा किसानलाई उच्च तापक्रममा पनि बाँच्न सक्ने गरी करिब ११० बालीको बीउ उपलब्ध गराउने जानकारी दिइएको छ। आइतबार जलपाईगढीमा आयोजित पत्रकार सम्मेलनमा सांसद डा. जयन्तकुमार रायले उच्च तापक्रममा बाँच्न सक्ने बीउ उत्तर बंगालका किसानलाई उपलब्ध गराइने बताए। एमएसपी (न्यूनतम समर्थन मूल्य) बारे पनि उनले यस वर्षको कृषि बजेटमा देशका किसानलाई ध्यानमा राखेर एमएसपी उत्पादन लागतको ५० प्रतिशतभन्दा माथि हुने बताए। ताकि किसानले आफ्नो उत्पादनको मूल्य पाउन सकून्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement