भारतीय फूटबलको निम्ति कालो दिनः भारतमाथि फीफाको प्रतिबन्ध, महिला अण्डर-१७ वर्ल्ड कपको आयोजन खोसियो

IMG-20220816-WA0119.jpg

१६ अगस्तः विश्व फूटबलको सर्वोच्च संस्था फीफा-ले मंगलवार भारतलाई ठूको धक्का दिँदै तेस्रो पक्षद्वारा गैर जरूरी दखलको तर्कसहित अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-लाई निलम्बित गऱ्यो। यसको साथै फीफाले यस साल अक्टोबरमा भारतमा हुने अण्डर-१७ महिला वर्ल्ड कपको आयोजन अधिकार पनि खोस्यो। भारतमा ११-देखि ३० अक्टोबरसम्म फीफा अण्डर-१७ महिला वर्ल्ड कपको आयोजन हुनु थियो। यसको साथै भारतीय राष्ट्रिय टीमले कुनै पनि अन्तर्राष्ट्रिय स्पर्धामा हिस्सा लिन सक्नेछैन। फीफाले एआईएफएफ-माथि प्रतिबन्ध लगाएको गत ८५ सालको इतिहासमा यो पहिलोपल्ट हो। फीफाद्वारा जारी बयानमा भनिएको छ, फीफा परिषदको ब्यूरोले सर्वसम्मतिद्वारा अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-लाई तेस्रो पक्षको अनुचित प्रभावले गर्दा तुरन्त प्रभावको साथ निलम्बित गर्ने फसेला लियो। तेस्रो पक्षको हस्तक्षेप फीफाका नियमहरूको गम्भीर उल्लंघन हो।
बयानमा अझ भनिएको छ, निलम्बन तब मात्र हट्नेछ जब एआईएफएफ कार्यकारी समितिको स्थानमा प्रशासकहरूका समिति गठनको फसेला फिर्ता लिइनेछ अनि एआईएफएफ प्रशासनलाई महासंघको दैनिक कामको पूरा नियन्त्रण दिइनेछ। यसैकारण अब ११-देखि ३० अक्टोबरसम्म हुने अण्डर-१७ महिला वर्ल्ड कप पूर्व निर्धारित कार्यक्रम अनुसार भारतमा हुनेछैन। फीफाले टुर्नामेण्ट सम्बन्धी अघिल्लो चरणहरूका आकलन गरिरहेको छ अनि आवश्यकता परे मामिलालाई परिषद ब्यूरो समक्ष पठाइनेछ।
उच्चतम न्यायालयले दिसम्बर २०२०-देखि चुनाउ नगराएको हुनाले १८ मईमा प्रफुल्ल पटेललाई एआईएफएफ अध्यक्ष पदबाट हटाएको थियो। त्यसपछि न्यायालयले एआईएफएफ-को सञ्चालनको निम्ति सुप्रीम कोर्टका पूर्व न्यायाधीश एआर दवेको अध्यक्षतामा तीन सदस्यीय प्रशासकहरूका समिति (सीओए) गठन गरेको थियो। त्यस समयदेखि नै फीफाले भारतमाथि प्रतिबन्ध लगाउने सम्भावना सृष्टि भएको थियो। सीओए-का अन्य सदस्यहरूमा भारतका पूर्व मुख्य चुनाउ आयुक्त एसवाई कुरैशी र पूर्व भारतीय कप्तान भास्कर गांगुली सामेल छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *