तकभर (सिंगबारी) र लाटपञ्चर विजयी

photocollage_2024728104237342

सिंगबारी: नेहुर बालासन ड्रीमर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित मोतिलाल मोक्तान स्मृति ओपन नक्आउट फूटबल टुर्नामेण्ट २०२४-मा शनिवार दुईवटा म्याच खेलियो। यी दुईवटा म्याचमा जीत हासिल गरी तकभर (सिंगबारी) र लाटपञ्चरको टीमले दोस्रो राउण्डमा स्थान बनायो। शनिवार खेलिएको म्याचमा तकभर (सिंगबारी)-ले धोतरिया बालासनलाई ३-२-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा लाटपञ्चरले भुजेल गाउँलाई ७-१-ले पराजित गऱ्यो। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement