पहिलो टी२० म्याचमा भारत ४३ रनले विजयी

IMG-20240727-WA0276

पाल्लेकल: नयाँ मुख्य प्रशिक्षक गौतम गम्भीर र नयाँ कप्तान सूर्यकुमार यादवको आगमनपछि भारतले जीतको साथ शुरुवात गऱ्यो। शनिवार खेलिएको पहिलो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा भारतले आयोजक श्रीलंकालाई ४३ रनले पराजित गऱ्यो। यस जीतको साथै भारतले तीनवटा म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। पाल्लेकल इण्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ७ विकेट गुमाएर २१३ रन बनायो। कप्तान सूर्यकुमारले सर्वाधिक ५८ रन बनाए। उनले २६ बल खेलेर ८ वटा चौका र २ वटा छक्का लगाए। यसबाहेक विकेटकीपर ब्याटर रिषभ पन्तले ४९, ओपनर यशस्वी जयसवालले ४० र शुभमन गिलले ३४ रनको योगदान दिए। भारतलाई आज जयसवाल र गिलको ओपनिंग जोड़ीले असल शुरुवात दिलायो। यी दुईले पहिलो विकेटको निम्ति ३६ बलमा ७४ रनको पार्टनरशीप गरे। भारतले पछिबाट लगातार २ बलमा दुवै ओपनरलाई गुमायो। त्यसपछि सूर्यकुमारले पन्तसँग मिलेर तेस्रो विकेटको निम्ति ७६ रनको पार्टनरशीप गरी भारतलाई विशाल स्कोर तर्फ अघि बढ़ाए। पन्तले ३३ बल खेलेर ६ वटा चौका र एउटा छक्का लगाए। यसरी जयसवालले २१ बल खेलेर ५ वटा चौका र २ वटा छक्का लगाए। गिलले पनि १६ बल खेलेर ६ वटा चौका र एउटा छक्का लगाए। श्रीलंकाका बलरहरूमा मथीशा पथिरानाले सर्वाधिक ४ विकेट लिए। जवाफमा श्रीलंकाई टीम एक समय केवल १ विकेटमा १४० रन बनाएर सजिलो स्थितिमा रहेको थियो तर पछिबाट केवल ३० रनमा ९ विकेटको पतन हुँदा टीमले हारको सामना गर्नु पऱ्यो। श्रीलंकाबाट ओपनर पाथुम निस्सांकाले ४८ बल खेलेर सर्वाधिक ७९ रन बनाए। उनले ७ वटा चौका र ४ वटा छक्का लगाए। यसबाहेक कुसाल मेण्डिसले ४५ रनको योगदान दिए। यी दुईले मिलेर पहिलो विकेटको निम्ति ८.४ ओभरमा ८४ रनको पार्टनरशीप गरे। मेण्डिसले २७ बल खेलेर ७ वटा चौका र एउटा छक्का लगाए। मेण्डिस आउट भएपछि निस्सांकाले कुसाल परेरा (२० रन)-सँग मिलेर स्कोरलाई १४औं ओभरमा १४०-सम्म पुऱ्याए। त्यही समय निस्सांका आउट हुनको साथै श्रीलंकाको पतन शुरु भयो अनि अन्तमा १९.२ ओभरमा १७० रन बनाएर अलआउट भयो। भारतीय बलरहरूमा रियान परागले सर्वाधिक ३ विकेट लिए। यसरी अर्शदीप सिंह र अक्षर पटेलले २-२ विकेट हासिल गरे। सूर्यकुमारलाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement