एमएलए च्यालेञ्ज कपः चाखुंग एफसी र फ्यूचर स्टार्सको जीत

photocollage_20247280310488

मल्ली: आईडीसीसी कमिटी १२- मल्ली कन्स्टीट्यूएन्सी-को आयोजनमा ७८औं स्वतन्त्रता दिवसको अवसरमा जारी प्रतिष्ठित एमएलए च्यालेञ्ज कप नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा म्याच खेलियो। मल्ली डाँड़ा खेल मैदानमा भएको आजको म्याचमा चाखुंग फूटबल क्लबले मल्ली पुलिसलाई ४-१-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा फ्यूचर स्टार्स, जोरथांगले ट्रक ड्राइवर्स एसोसिएशन, मल्लीलाई ४-१-ले पराजित गऱ्यो। आज मुख्य अतिथिको रूपमा अञ्जीता राजालिम (जिल्लाध्यक्ष, नाम्ची) अनि विशिष्ट अतिथिको रूपमा बबिता लिम्बु (नारी कन्भेनर, एसकेएम) उपस्थित थिइन्। आइतवार दुईवटा म्याच खेलिनेछ। पहिलो म्याचमा नादोङ भूटिया फूटबल एकाडमी र राबोंग फूटबल क्लबबीच भिड़न्त हुनेछ। यसरी दोस्रो म्याच केएसए, किर्ने र सुम्बुक फूटबल क्लबबीच खेलिनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल १२ र १३ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ। यसरी १३ अगस्तमा म्याराथन दौड़ अनि अण्डर-१४ इण्टर स्कूल फूटबल टुर्नामेण्टको फाइनलसहित अन्य कार्यक्रमहरू रहनेछ। यस प्रतिष्ठित नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement