कोलकाता: पश्चिम बङ्गालमा कोरोना संक्रमण बढ्न थालेको छ। राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ १७५ नयाँ मामिला अघि आएको छ भने आज यस रोगले १ जनाको मृत्यु पनि भएकाे छ। यसरी नै यस अवधिमा ६३१ जना कोरोनामुक्त भएका छन्।
हालसम्म बङ्गालमा २१,०२,९३२ जना कोरोनाले संक्रामित भएको छन् भने २०,७६,६६७ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,४२३ जनाले जान गुमाएको छ।
स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, गत २४ घण्टमा ५,०३४ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २६,१५०,९८३ जनाको परीक्षण भएको छ।
राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.७५℅ र सकारात्मक दर ३.४८℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६४,५१३,९६६ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।