३०० भन्दा धेरै स्वयंसेवकको सहभागितामा फलका विरुवा रोपण

n62397905817221044607177a29dd3ccf5f2f6e8239531a18d7c712bc056eb50823514030d741f01f0ebaad

गान्तोक: पाटुक सिङ्गबेल जीपीयूको पञ्चायत भवनदेखि लगभग एक किलोमिटर माथि अवस्थित गौचरण क्षेत्रमा आज ३०० भन्दा धेरै स्वयंसेवकको सहभागितामा फलका विरुवा रोपण अभियान सम्पन्न गरियो।

यसरी वन क्षेत्रमा पर्याप्त मात्रामा फलका रूख लगाउनुको मुख्य उद्देश्य मानव-वन्यजन्तु संघर्षलाई सम्बोधित गर्नु रहेको छ। यस अभियानलाई पॉंच वर्षे योजनाको परीक्षण कार्यक्रमको रूपमा शुरू गरिएको छ। यस्ता विरुवा रोपण अभियानहरूले मानव-वन्यजन्तु संघर्षलाई कम गर्न प्रशस्त सम्भावना रहने विश्वास व्यक्त गरिएको छ।

यस विचारको संकल्पना माखा सरकारी उच्चतर माध्यमिक विद्यालयका शिक्षक लोमस ढुङ्गेलले ‘हरियो माखा प्रोजेक्ट’ अन्तर्गत गरेका हुन्। उनले यस पहललाई ‘नव निकुञ्ज प्रकरण’ नाम दिएका छन्। यो पहल राज्यका मुख्यमन्त्रीको विजन ‘मेरो रुख मेरो सन्तति’ बाट पनि प्रेरित रहेको बताइएको छ। यस अवसरमा माखा निवासी टिकाराम सापकोटा र भूमिका शर्माकी छोरी सियारा इशान्वी सापकोटाको जन्मको खुशीमा १०८ फलका विरुवा रोपिएको छ। यस अतिरिक्त, थप ३०० फलका विरुवा र १०० फलका विजन पनि रोपिएको बताइएको छ।

यस कार्यक्रममा क्षेत्र विधायक साम्डुप छिरिङ भोटिया विशेष रूपमा उपस्थित थिए। विधायक भोटिया यस पहलका प्रमुख संरक्षक पनि हुन्। यसैगरी, कार्यक्रममा सिङतामका खण्ड अधिकारी विशिष्ट अतिथि थिए। विधायक भोटियाले मानव-वन्यजन्तु संघर्षलाई सम्बोधित गर्ने लक्ष्य लिएको लोमस ढुङ्गेलको यस अभिनव विचारको निम्ति बधाई दिए। उनले यस्तो विचार राज्यमा पहिलो पटक अघि आएको बताउॅंदै विरुवा रोपण अभियानलाई सफल बनाउन स्वयंसेवकहरूको सक्रिय सहभागिताको निम्ति सराहना गरे।

यसरी नै सेवानिवृत्त बीओ टीपी न्यौपाने मुख्य स्रोत व्यक्ति तथा सेनानिवृत्त बीओ लक्ष्मी सोपकोटा, सामाजिक कार्यकर्ता होम अधिकारी र सेवानिवृत्त उप निदेशक, बागवानी केएल कोइराला स्रोत व्यक्तिहरूको रूपमा उपस्थित थिए। कार्यक्रमलाई राक्दोङ तिन्तेकका बीडीओ, पञ्चायत निरीक्षक, वार्ड र जिल्ला पञ्चायतहरू, इको क्लब माखाका विद्यार्थीहरू, एनजीओ, डब्ल्युडीएस, एसएचजी, नरेगाले समर्थन जनाएको थियो। रूपेश फोटोशास्त्रका रूपेशचन्द्र शर्माले कार्यक्रमलाई प्राविधिक विशेषज्ञको रूपमा समर्थन प्रदान गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement