राज्य सरकारद्वारा अस्थायी कर्मचारीहरूको स्थायीकरणलाई लिएर सीएपीकाे प्रतिक्रिया

n6239790571722104120163338b7e229b2ed8037d5804b1396881e7cee57470a2f27b6b423984cc2045f7ce

गान्तोक: सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले राज्य सरकारद्वारा अस्थायी कर्मचारीहरूको स्थायीकरणलाई लिएर प्रकाशित गरेको अधिसूचनाप्रति आफ्नो प्रतिक्रिया जनाएको छ।

सीएपी सिक्किमले अस्थायी कर्मचारीहरूलाई स्थायी गर्न राज्य सरकारले जुन प्रावधानहरू राखेका छन्, ती सबै कर्मचारीहरूको निम्ति अन्यायपूर्ण रहेको ठहर गरेको छ।

प्रेस क्लब अफ् सिक्किममा आज आयोजित एक पत्रकार सम्मेलनमा सीएपी सिक्किमका पदाधिकारीहरूले यस्तो आरोप लगाए। पार्टी प्रवक्ता प्रकाश पराजुलीले गत २५ जुलाईका दिन राज्य कार्मिक विभागले अस्थायी कर्मचारीहरूलाई स्थायी गर्ने सम्बन्धमा एउटा अधिसूचना निकालेको जानकारी गराए। उनले उक्त अधिसूचनाले राज्यका पूर्वको सरकार र वर्तमानको सरकारमा कुनै फरक नरहेको स्पष्ट भएको बताए।

उनले कर्मचारीहरूलाई स्थायी गरेपछि उनीहरूले पाउनु पर्ने अधिकारहरू पनि तत्काल प्रभावका साथ प्रदान गरिनु पर्छ भने। एक स्थायी कर्मचारीले जति वेतन र अन्य सुविधाहरू पाउॅंछन्, अस्थायीबाट स्थायी बन्ने कर्मचारीले पनि समान वेतन र अन्य सुविधाहरू पाएको हुनुपर्छ भनी उनले बताए। कसैले चार वर्षसम्म एक अस्थायी कर्मचारीहरूको रूपमा काम गरिसकेपछि स्थायी गर्दा उनीहरूलाई थप एक वर्षको निम्ति प्रोबेशन पीरियडमा राख्नु अनुचित रहेको उनले बताए।

यसैगरी, कार्यकारी अध्यक्ष प्रशान्त बाबु छेत्रीले गत विधानसभा र लोकसभा चुनाउमा सीएपी सिक्किमले मतदाताहरूबाट उत्साहवर्धक समर्थन पाएको बताए। यस चुनाउपछि राज्यका जनताको सीएपीप्रति भरोसा जागेको र यस पार्टीमा भविष्य रहेछ भन्ने बुझेको उनले दाबी गरे। अर्कोतिर, उनले सिक्किममा ३२ मा ३२ आसन जित्नु कुनै नौलो अथवा ठूलो कुरा नरहेको बताउॅंदै अब पीडित जनताको सुनवाई हुनेछ कि छैन भन्ने चिन्ताको विषय बनेको आसय व्यक्त गरे।

About Author

Advertisement