रम्फू: आज रम्फूको तल्लो बजारमा आगलागी हुँदा दुईटा कच्चा घर पूर्णरुपले जसेको छ। घट्ना अपराह्न करिब ७ बजी तिरको हो। प्राप्त जानकारीअनुसार स्थानीय मणिकुमार राईको घरबाट आगलागी शुरु भएको थियो भने छेवैको अर्को एउटा कच्चा घरलाई पनि आगोले समातेको थियो। घरमा रहेको पूजाको दियोबाट आगलागी भएको मणिकुमार राईको भनाइ रहेको थियो। घट्नाको समय घरमा उनको दिदी र भानिज थिए। तर, भाग्यवश आगलागीमा कसैको ज्यानको क्षति भएको छैन। तर, घरमा राखिएका सबै सर सामान भने पूर्णरुपले जलेर खरानी भएको छ। जसोतसो केही आवश्यक दस्तावेज भने निकाल्न भ्याएको राईले बताए। आगलागीको सूचना पाएपछि रम्फू फायर स्टेशनबाट गएका कर्मचारीहरूले स्थानीय पुलिस प्रशासन र क्षेत्रवासीको सहयोगमा आगोलाई नियन्त्रणमा ल्यायो।