सोरेङ: स्वच्छ पानी स्वास्थ्य हामी कार्यक्रम अन्तर्गत आज सोरेङ जिल्लाको चारैवटा समष्टिको खाने पानीको मुहान साथै ट्याङ्कीहरू सफा गर्ने कार्य सम्पन्न भयो। आज चारैवटा समष्टिका सरकारी कर्मचारी, गैर सरकारी संगठनका सदस्यहरू, आम नागरिक, मिडियाकर्मी साथै सर्वसाधारणले यो कार्यक्रममा भाग लिएका थिए। ज्ञात रहोस्, सोरेङ जिल्लाका जिल्लापाल धिरज सुबेदीले २७ जुलाईको दिन “स्वच्छ पानी स्वस्थ हामी” थिमको साथ सोरेङ जिल्ला भित्रका सबै पानीका मुहान र ट्याङ्कीहरु व्यापक रूपमा सर-सफाई गरिने भनी परिपत्र जारी गरेका थिए। यस अन्तर्गत अन्य जिल्लामा भन्दा फरक सोरेङ जिल्लामा २०२३-देखि शुरु गरिएको “स्वच्छ पानी स्वस्थ हामी” अन्तर्गत प्रतिवर्ष २७ जुलाईको दिन आमनागरिकले आ-आफ्नो क्षेत्रका पिउने पानीका मुहान र ट्याङ्कीहरुको व्यापक सर-सफाई गर्नुपर्ने अभियानको थालनी गरेको हो। अघिल्लो वर्ष पनि बृहत रूपमा यो कार्यक्रम सम्पन्न भएको थियो।यस कार्यक्रमलाई सफल बनाउन ग्रामीण विकास विभाग र जनस्वास्थ्य अभियान्त्रिकी विभागले प्राविधिक सहयोग गर्ने साथै आजको कार्यक्रमलाई ध्यानमा राख्दै कम्तिमा दुई दिनको निम्ति पानी रिजर्भ राख्ने पनि सर्वसाधारणलाई अपील गरिएको थियो। अशुद्ध र मैला पानी पिउनकै कारण विभिन्न बिमारीहरुले मानिसलाई सताउने भएको हुँदा आ-आफ्नो क्षेत्रको पानीका मुहान र ट्याङ्कीहरु सफा गर्न घरबाट एकजना अनिवार्य उपस्थित भइदिने परिपत्रमा अनुरोध गरिएको थियो। जिल्लापाल धिरज सुवेदीद्वारा जारी उक्त परिपत्र अनुसार आज सोरेङ जिल्लाको सबै नागरिकले यो कार्यक्रममा