गान्तोक: “एक पेड मा ने नाम” कार्यक्रम अन्तर्गत आज सोरेङ जिल्लाको बाराखेले सरकारी प्राथमिक पाठशालामा विरूवारूपमा कार्यक्रम आयोजना गरियो। इको क्लब मिशनको ब्यानरमा आयोजित यस कार्यक्रमम बाराखेल प्राथमिक पाठशालाकी प्रधानाध्यापिका कुसाङ डोल्मा तामाङले आयोजना गरेकी हुन भने यस अवसरमा पाठशालाका अन्य शिक्षकगण साथै विद्यार्थीहरूले पनि सहभागिता जनाएका थिए। उक्त अवसरमा गुराँसका २ सय भन्दा अधिक विरूवा पाठशाला परिसरमा रोपेको जानकारी गराइएको छ।









